काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंका सहयोगी हरिचन्द्र फुयाँललाई ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ ।
काठमाडौँ जिल्ला अदालतले आपराधिक लाभसम्बन्धी कसुरमा पक्राउ परेका उनीमाथि अनुसन्धानका लागि प्रहरीलाई म्याद दिएको सीआईबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । उनी बिहीबार पक्राउ परेका थिए । उनले भारतीय आपराधिक समूहको नाममा धम्की दिँदै रकम असुल्ने गरेको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ मंसिर २०८१, १६ : ३८
लेखकबाट थप