काठमाडौं । सदरमुकाम गोठलापानीमा सम्पन्न निःशुल्क हाडजोर्नी शल्यक्रिया शिविरबाट करिब १२ सय नागरिक लाभान्वित भएका छन्। जिल्ला अस्पताल बैतडीमा चैत १८ गतेदेखि सञ्चालन भएको उक्त शिविरमा १ हजार १८९ जनाले सेवा लिएका हुन्।
काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक हस्पिटल, जिल्ला अस्पताल बैतडी र स्वास्थ्य कार्यालय बैतडीको संयुक्त आयोजनामा शिविर सञ्चालन भएको हो।अस्पतालका सूचना अधिकारी हरिश पन्तका अनुसार शिविरमा ८७ जनाको शल्यक्रिया गरिएको छ भने बाँकीले उपचार सेवा लिएका छन्।
शिविरमा हाडजोर्नी सम्बन्धी समस्या भएका बिरामीको उपचार र शल्यक्रिया गरिएको हो। सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पतालले निःशुल्क शिविर सञ्चालन गरेको नेपाल अर्थोपेडिक हस्पिटलका वरिष्ठ प्रशासकीय अधिकृत धीरज मैनालीले बताए।
शिविरमा खुट्टाका पैताला फर्केका, जन्मजात हातखुट्टा बांगिएका, हातमा आगोले पोलेका र हातखुट्टामा अन्य विकृतिजन्य समस्या भएकाहरूको उपचार गरिएको हो।
जिल्ला अस्पातलमै सञ्चालन भएको निःशुल्क शिविरमा सेवा लिन पाउँदा स्थानीय बासिन्दा पनि खुसी भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ चैत्र २०७८, १५ : ४४
लेखकबाट थप