आईपीएल : किंग्स इलाभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

मंगलबार, ०१ जेठ २०७५, ०८ : ५१
आईपीएल : किंग्स इलाभेन पञ्जाबलाई १० विकेटले हराउँदै रोयल च्यालेन्जर्स बेंग्लोर विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले जित निकालेको छ । किंग्स इलाभेन पञ्जाबमाथि १० विकेटको जित हात पार्दै बेंग्लोरले अन्तिम चारमा पुग्ने झिनो सम्भावनालाई कायमै राखेको छ । ८९ रनको लक्ष्य पछ्याएको बैंगलोरले ८.१ ओभरमा विना विकेटको क्षति ९२ रन बनाउँदै १० विकेटको जित हासिल गर्यो ।
जितपछि पनि सातौं स्थानमा यथावत रहेको बैंगलोरको १० अंक पुगेको छ । छैटौं स्थानको मुम्बई इन्डियन्सको पनि १० अंक छ । समान १२ अंक भएपछि पञ्जाब पाँचौं स्थानमा झर्दा राजस्थान रोयल्स चौथो स्थानमा उक्लेको छ । तेस्रो स्थानको कोलकाता नाइट राइजर्सको पनि १२ अंक छ ।

बैंगलोरका कप्तान विराट कोहली ४८ र पार्थिव पटेल ४० रनमा अविजित रहँदै टोलीलाई जित दिलाए । २८ बल खेलेका ६ चोका र २ छक्का प्रहार गरे । २२ बल खेल्दै पार्थिवले ७ चौका प्रहार गरे । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले १५.१ ओभरमा सबै विकेट गुमाएर ८८ रन जाडेको थियो । तीन खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेको खेलमा पञ्जाबका ३ खेलाडी रन आउट भएका थिए ।

बैंगलोरका लागि उमेश यादवले ३, मोहम्मद सिराज, युजभेन्द्र चाहाल, कोलिन डी ग्रान्डहोमने र मोइन अलीले मान १ विकेट लिए । पञ्जाबका लागि लोकेश राहुलले २१, क्रिस गेलका १८ र आरोन फिन्चले २६ रन जोडे । १५ बल खेलेका राहुलले ३ छक्का प्रहार गरे ।

गेलले १४ बलमा ४ चौका तथा फिन्चले २३ बलमा २ छक्का र १ चौका प्रहार गरे । शीर्षस्थानको सनराइजर्स हैदराबाद (१८) र चेन्नई सुपर किङ्स (१६) प्ले अफका लागि छनोट भएका छन् । आइपिएलमा मंगलबार कोलकाता र राजस्थानबीच प्रतिस्पर्धा हुनेछ ।
 

प्रतिक्रिया दिनुहोस