काठमाडौं । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा ५ वटा डायलाईसिस गर्ने मेसिन छन्। तर, अहिले चारवटा मात्रै सञ्चालनमा छन्। एउटा मेसिन बिग्रिएको भन्दै एक वर्षदेखि थन्काइएको छ।
मेसिन थोरै, तर बिरामीको चाप बढ्दै गएको छ। दाङमा मृगौलाको उपचारको लागी डायलाईसिसस गर्ने सुविधा भए पनि बिरामीको संख्या बढ्दै गर्दा उपचारमा समस्या पर्ने गरेको छ। जसले गर्दा डायलाईसिस गर्ने बिरामी पालो कुरेर बस्नुपर्ने अवस्थामा छन्। चारवटा मेसिनले मात्रै अहिले महिनामा २३ जनालाई मात्रै सेवा दिने गरिएको छ।अझै पनि जना विरामीहरु ‘पेन्डिङमा रहेका छन्। जिल्लामा घोराही, तुलसीपुर र लमही गरी तिन स्थानबाट डायलाईसिस सेवा सञ्चालन हुदै आएको छ।
तर, बिरामीको संख्या बढ्दा काठमाडौं, नेपालगञ्ज, बुटवल लगायतबाट सेवा लिइरहेको छ । ‘ रोल्पा, सल्यान, रुकुममा डायलाईसिस सेवा छैन। जसले गर्दा ती जिल्लाका बिरामी तुलसीपुर सम्म आउने गर्छन्।अझै पनि ५ वटा मेसिन थप गर्न पहल गरिरहेको भए पनि त्यसले सार्थकता पाउन सकेको छैन। अस्पताल दुइसय बेडको भएको छ। तर, अझै पनि अस्पतालमा डायलाईसिस फाँटमा थोरै कर्मचारी हुँदा सेवा प्रवाहमा समस्या हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ चैत्र २०७८, ११ : ०५
लेखकबाट थप