बैतडीमा म्यादी प्रहरीको कोटा थप, लिखितमा फालिएका १२४जनालाई अन्तर्वार्ताका लागि बोलाइयो

सफल खबर संवाददाता

सोमबार, २१ चैत्र २०७८, २१ : २४
बैतडीमा म्यादी प्रहरीको कोटा थप, लिखितमा फालिएका १२४जनालाई अन्तर्वार्ताका लागि बोलाइयो

काठमाडौं । बैतडीमा म्यादी प्रहरीको कोटा थप गरिएको छ । यसअघि जिल्लामा ८सय १५ जनाको लागि परिक्षा लिइएकोमा अन्तीममा आएर कोटा थप गरिएको हो । 

प्रहरी प्रधान कार्यालयबाटै अहिले १हजार ५१जना छनोट गर्न जानकारी आएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । यसअघि ८सय १५ जनाका लागि परिक्षा हुदाँ १हजार ५२जनाले लिखित सम्मका सबै परिक्षा पास गरी अन्तरवार्ता दिएका थिए । 

सोमबार कोटा थप भएको जानकारी आएसंगै लिखित परिक्षाबाट वैकल्पीकमा रहेका व्यक्तिहरुलाई समेत अन्तरवार्ताका लागि बोलाइएको छ ।

pलिखितको योग्यता क्रममा रहेका १२४ जनाको मंगलबार अन्तरवार्ता लिइने जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक बोधराज ओझाले बताए ।

उनले भने,‘हामीले लिखित परिक्षामा ल्याएको नम्बरका आधारमा उनिहरुलाई अन्तरवार्ताका लागि बोलाएका छौँ । यसअघि लिइएको अन्तरवार्ताको नतिजा र भोली लिइने अन्तरवार्ताको नतिजा एकै पटक अन्तीममा प्रकाशित गर्ने छौँ ।’

प्रतिक्रिया दिनुहोस