बिरामीको मृत्युपछि पदमा अस्पतालमा तोडफोड

सफल खबर संवाददाता

शनिबार, १९ चैत्र २०७८, ११ : २०
बिरामीको मृत्युपछि पदमा अस्पतालमा तोडफोड

काठमाडौ । कैलालीको गोदावरी नगरपालिका अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ ।
  
अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ ।आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्‍यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ । अस्पतालमा शुक्रवार राति उपचारार्थ भर्ना भएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको उपचारका क्रममा शनिवार बिहान मृत्यु भएपछि बिरामीका आफन्त आक्रोशित भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस