आईपीएल : मुम्बई इण्डियन्सलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स विजयी

सोमबार, ३१ बैशाख २०७५, ०९ : ००
आईपीएल : मुम्बई इण्डियन्सलाई ७ विकेटले हराउँदै राजस्थान रोयल्स विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत आइतवार भएको खेलमा राजस्थान रोयल्सले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको छ । खेलमा १ सय ६९ रनको लक्ष्य राजस्थानले १८ ओभरमा मात्र ३ विकेट गुमाएर भेटायो । योसँगै उसले २ अंक थप गरेको छ ।

राजस्थानलाई जिताउन जोश बटनरले नटआउट ९४ रन बनाए भने अजिन्क्या रहानेले ३७ रनको योगदान गरे । पहिले ब्याटिङ गरेको मुम्बइले एभिन लेविसको ६० र हार्दिक पाण्ड्याको ३६ रनको सहयोगमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । आइतबारको पहिलो खेलमा चेन्नईले हैदराबादलाई ७ विकेटले हराएको थियो । -एजेन्सी

प्रतिक्रिया दिनुहोस