जनकपुरधाम । केही वर्ष अघिसम्म रेफर अस्पताल भनेर चिनिने प्रादेशिक अस्पताल जनकपुर सेवामा सुधार गर्दैै सेवा विस्तारमा जोड दिएको छ । मधेश सरकार मातहत आएसँगै प्रादेशिक अस्पताल जनकपुरमा हुने क्रमिक सुधारले अस्पताल मधेश प्रदेशमै नमुना अस्पतालको रुपमा सर्वसधारणले लिन थालेको छ ।
विशेषज्ञ चिकित्स, वेडको अभाव तथा कर्मचारीको उचित व्यवस्थापन नहुँदा अस्पतालले दिने सेवा लथालिङ बनेको थियो । तर, मधेश प्रदेश मातहत आएसँगै अस्पतालले दिने सेवादेखि सरसफाइमा सुधार आएको सर्वसधारणको भनाइ छ । प्रदेश सरकारले यसलाई पाँच सय बेडको बनाउने निर्णय गरे पनि अहिले चार सय बेडको सेवा दिँदै आएको छ ।
प्रादेशिक अस्पताल प्रदेश सरकार मातहत आएपछि अस्पतालले आफ्ना सेवामा पनि विस्तार गरेको छ । दैनिक दुई देखि अढाई सयसम्म विरामी आउने प्रादेशिक अस्पतालमा अहिले साढे ६ सय सम्म दैनिक विरामी आउनुले पनि अस्पतालको सेवामा सुधार भएको सहज रुपमा भन्न सकिन्छ ।
प्रादेशिक अस्पताल जनकपुरका निवर्तमान मेसु डा. प्रमोद यादवले कार्यकालमा अस्पतालले करिब एक दर्जन थप सेवा अस्पतालले विस्तार गरेको छ । क्यान्सर ओपिडि सेवा सुरु, एनआईसी, आँखा विभाग, न्यूरो सर्जरी, युरोलोजी, नेट्रोलोजीलगायतका सेवा विस्तार गरेको छ । त्यसै समयमा अस्पताल नआउने कर्मचारी प्रवृतिलाई निरूसाहित गर्न अस्पतालमा वाइमेट्रिक हाजिर गर्नुपर्ने प्रवधान लगाएको नि.मेसु यादवले बताए ।
सेवालाई चुस्तदुस्त बनाउन टोकन सिस्टम र माइकिङ लगायतका व्यवस्था गरिएको छ । इमरजेन्सि सेवालाई प्रभावकारी बनाउन एजडियु सेवा लागु गरेको बताउदै डा. यादवले भने, ‘पहिला इमरजेन्सी सेवा प्रभावकारी थिए । कुनै विरामी इमजेन्सीमा आउँदा समानको अभावमा उपचारमा कठिनाइ हुँदै आएको थियो । तर, अहिले इमरजेन्सीमा १० वेडको एजडीयु सेवा सुरु भएपछि अस्पतालले प्रदान गर्ने सेवामा व्यापक सुधाए आएको छ ।’
समिति समयका लागि सञ्चालन हुने ल्याब सेवालाई अहिले २४औँ घण्टा सञ्चालन गरिरहेको उनले बताए । लामो समयदेखि लेष्क्रोकोपी मेसिन थन्काएर राखिएको थियो । तर, निर्वातमान मेसु यादवकै पालामा उक्त मेसिन सञ्चालनमा आएको छ । त्यसैगरी, गम्भीर प्राकृतिका शल्यक्रियाका गर्नका लागि तीनवटा मोडुलर ओटी कक्ष सञ्चालनमा ल्याइएको छ भने अपरान्ह ३ बजे बेलुका ५ बजे स्ट्यान्डर हेल्ड सर्भिस सेवा दिँदै आएको छ । यसले विभिन्न जिल्लाहरूबाट उपचार गराउन आएका विरामीलाई उपचारमा थप मद्दत पुगेको नि.मेसु यादवले बताए ।
कोरोना महामारीको समयमा अस्पतालमा अक्सिजनको अभाव हुने गरेको र अक्सिजनको अभावमा विरामीको उपचार गर्न पनि कठिनाइ हुने गरेको अवस्थमा अहिले अस्पताल भित्रै अक्सिजन उत्पादन हुने प्लान्ट जडान गरिएको नि. मेसु यादवले बताए । निकट भविष्यमा एमआरआई मेसिन, क्याथ ल्याब सञ्चालनमा ल्याउने तयारी अन्तिम अवस्थामा पुगेको उनले बताए । विरामी तथा कुरुवालाई ओहोरदोहर गर्न केही दिनमै दुई स्थानमा लिफ्ट लगाइने उनले बताए ।
अस्पतालमा निस्किने फोहर व्यवस्थापनको लागि वेस्ट मेसिन जडान गरिएको छ भने विभिन्न स्थानमा खानेपानी व्यवस्थापन तथा शौचालयको समुचित व्यवस्थापन गरिएको डा.मेसु यादवले बताए ।
प्रदेशिक अस्पताल जनकपुर स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतका अस्पताल भएको बताउदै निवर्तमान मेसु यादवले भने, ‘मेलै आफ्नो क्षमता र हैसियतले अस्पतालमा व्यापक सुधार गरेका छौँ । यो अस्पताललाई प्रदेशस्तरको बनाउनमा प्रदेश सरकार सक्रियतापूर्वक लागेको छ ।’ प्रतिष्ठानमा मेसु राख्ने प्रवधान नरहेकोले आफु एउटा चिकित्सकको रुपमा अस्पतालमै कार्यरत रहने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ चैत्र २०७८, १५ : ०७
लेखकबाट थप