अस्कर अवार्डमा सेलिब्रेटीले यसरी देखाए युक्रेनप्रति ऐक्यबद्धता

सफल खबर संवाददाता

सोमबार, १४ चैत्र २०७८, १२ : ०८
अस्कर अवार्डमा सेलिब्रेटीले यसरी देखाए युक्रेनप्रति ऐक्यबद्धता

काठमाडौं । अस्कर अवार्ड समारोहमा हलिउड अभिनेता–अभिनेतृले युक्रेनको समर्थनमा आफ्नो ऐक्यबद्धता प्रस्तुत गरेका छन् ।युक्रेनमा रुसले गरेको आक्रमणको सन्दर्भमा अस्कर अवार्ड समारोहमा ३० सेकेण्ड मौनधारण गरिएको थियो । यस्तै युक्रेनका लागि सहयोगका लागि अपिल पनि भयो ।

नेपाली समय अनुसार सोमबार बिहान अमेरिकाको लस एन्जलसमा भएको समारोहमा सहभागी हुन आएका विभिन्न कलाकारले युक्रेनको समर्थनमा रिबन समेत लगाएका थिए ।शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय नियोग (युएनएचसिआर) ले उपलब्ध गराएको निलो रिबन उनीहरुले लगाएका हुन् ।

शरणार्थीप्रति सद्भाव देखाउन निलो रिबन प्रयोग गरिन्छ । गएको फेब्रुअरी २४ देखि रुसले युक्रेनमा गरेको आक्रमणका कारण एक करोड भन्दा बढी युक्रेनी आन्तरिक वा बाह्य रुपमा बिस्थापित भएका छन् । हाल सिर्जना भएको शरणार्थी समस्या यो शताब्दी कै गम्भीर रहेको बताइन्छ ।

रेड कार्पेटमा अभिनेता ज्यासन मोमोया युक्रेनको झण्डाको रंग निलो र पहेँलो रहेको पकेट स्क्वायर लगाएर आएका थिए ।यस्तै निलो रिबन लगाउनेमा ज्यामी ली कुर्टिस, सामुएल एल ज्याक्सन, डायन वारेन, यु–जुङ योउन, निकोलास ब्रिटेल र पाओलो सारेन्टिनो रहेको भ्यानिटी फेयरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस