विद्युतको अधिकतम प्रयोग गरौं : उर्जामन्त्री भुसाल

सफल खबर संवाददाता

शनिबार, १२ चैत्र २०७८, १५ : २१
विद्युतको अधिकतम प्रयोग गरौं : उर्जामन्त्री भुसाल

अर्घाखाँची । उर्जामन्त्री पम्फा भुसालले एलपी ग्यासलाई विस्थापित गर्न र विद्युतको अधिकतम प्रयोग गर्न आग्रह गरेकी छन् । 

अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा निर्माण भएको १३२ केभी प्रशारण लाइन उद्घाटन गर्दै मन्त्री भुसालले नेपाल विद्युत प्राधिकरण आवश्यकताअनुसार विद्युत पुर्याउन तयार रहेको बताएकी हुन् । 

मन्त्री भुसालले अर्घाखाँचीमा कुनै पनि व्यक्ति विद्युतको पहुँचबाट टाढा नरहेको पनि दावी गरिन् । ‘कोही विद्युत पहुँच बाहिर हुनुहुन्छ भने हामीलाई भन्नुस् चाडै नै सबलाई विद्युत पहुचमा पु-याउँछौं ।’ उनले भनिन् । 

मन्त्री भुसालले अब विद्युतीय गाडी प्रयोग गर्न समेत आग्रह गरिन् । ‘यो सस्तो पनि छ, सजिलो पनि छ ।’ भुसालले भनिन्, ‘बरु कहाँ कहाँ चार्जिङ स्टेशन बनाउनुपर्ने हो हामी तयार छौँ ।’

प्रतिक्रिया दिनुहोस