काठमाडौं । कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ ।
अमेरिकी सरकारको सहयोगमा कोभ्याक्स सुविधाअन्तर्गत ७ लाख ६१ हजार मात्रा फाइजर खोप शुक्रबार बिहान आइपुगेको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए।
अमेरिकी सरकारले ९२ लाख डोज दिने घोषणा गरेको छ। ‘शुक्रबार आएको खोप पहिलो खेप हो। बाँकी क्रमशः आउनेछ,’ चौरसियाले भने। विभागका अनुसार २८ मार्चमा थप ८ लाखको फाइजर खोप आउने कार्यतालिका छ।
फाइजर खोप १२ वर्षभन्दा उमेरका नागरिकलाई दिइनेछ। पछिल्लो तथ्यांकअनुसार ६० लाख डोज खोप भण्डारणमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ चैत्र २०७८, १५ : ३५
लेखकबाट थप