पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)

सफल खबर संवाददाता

विहीबार, १० चैत्र २०७८, १९ : ५४
पल शाह प्रकरण : यस्तो छ अदालतको आदेश (पूर्णपाठ)

काठमाडौं । नाबालिग किशोरीलाई जबर्जस्ती करणी गरेको आरोपमा हिरासतमा रहेको पल शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि बिहहीबार शाहलाई पुर्पक्षका लागि थुना राख्न आदेश दिएको हो । 

न्यायाधीश हरिशचन्द्र ढुंगानाको एकल इजलासले एक किशोरीमाथिको जबर्जस्ती करणीको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको तनहुँ जिल्ला अदालतका श्रेस्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ ।


 

प्रतिक्रिया दिनुहोस