काठमाडौं । नेपाली सेना कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्वमा कैलालीमा आयोजना गरिएको भूतपूर्व सैनिक सम्मेलन–२०७८ सम्पन्न भएको छ । भूतपूर्व सैनिक तथा तीनका एकल महिलाहरुको सहभागितामा कैलालीको भवानीदल गणमा सम्मेलन आयोजना गरिएको थियो ।
सम्मेलनमा कैलाली र कञ्चनपुर जिल्लामा बसोबास गर्ने करीब २ हजार ३०० सय जना भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो । सम्मेलनलाई सम्बोधन गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० चैत्र २०७८, १७ : ०७
लेखकबाट थप