काठमाडौं । चिकित्सा शिक्षा आयोगले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) वा विश्वविद्यालयमध्ये एउटाको मात्र स्नातक तहको कार्यक्रम छनोट गर्न निर्देशन दिएको छ ।
आयोगले सबै विश्वविद्यालय, प्रतिष्ठान, शिक्षण संस्थालाई पत्र पठाउँदै चिकित्सा शिक्षाको स्नातक तहमा विश्वविद्यालय र सीटीईभीटी दुवैको कार्यक्रम सञ्चालन गरेको भए यस वर्षदेखि एउटा छाड्न र एउटा मात्र कार्यक्रम सञ्चालन गर्न भनेको हो ।
आयोग, कार्यकारी समितिको बैठकले शैक्षिक सत्र २०७८-०७९ मा स्नातक तहको सिट निर्धारण सम्बन्धी निर्णय गर्नका लागि चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गते बसेको बैठकको निर्णय नं. ७ बमोजिम राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को कार्यान्वयन सम्बन्धमा भएका निर्णय कार्यान्वयनका लागि आयोगले विश्वविद्यालय तथा प्रतिष्ठानलाई पत्राचार गरेको थियो ।
तर कार्यान्वयनको चरण बाँकी रहेको जानकारी प्राप्त भएको भन्दै विश्वविद्यालयको कार्यक्रम सञ्चालन भएको शिक्षण संस्थामा सीटीईभीटीतर्फका प्रमाण पत्र तहका कार्यक्रम भएका भए कुनै एउटाको मात्र छनोट गर्न आयोगले निर्देशन दिएको हो ।केही शैक्षिक संस्थाले विश्वविद्यालय र सीटीईभीटी दुवैबाट सम्बन्धन लिएर एउटै संस्थामा चिकित्सा शिक्षाको स्नातक तहको कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०९ चैत्र २०७८, १४ : ५७
लेखकबाट थप