चेल्सी एफए कपको सेमिफाइनलमा

सफल खबर संवाददाता

आइतबार, ०६ चैत्र २०७८, १० : ४१
चेल्सी एफए कपको सेमिफाइनलमा

काठमाडौं । चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा मिडल्सबर्गलाई २–० ले पराजित गरेर चेल्सीले अन्तिम चारमा स्थान बनाएको हो ।

चेल्सीका लागि रामेलु लुकाकुले १५ औँ र जियचले ३१ औँ मिनेटमा गोल गरेका हुन् । दुवै गोलका लागि मासन माउन्टले सहयोग गरेका हुन् ।चेल्सीले फाइनल प्रवेशका लागि नटिङ्हम फरेस्ट वा लिभरपुलसँग खेल्ने छ । सेमिफाइनल खेलहरु आउँदो अप्रिल १६ र १७ गते हुने छन् । 

प्रतिक्रिया दिनुहोस