दाङ अपडेट : सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

शुक्रबार, २२ मंसिर २०७४, १९ : २८
दाङ अपडेट : सबै क्षेत्रमा वाम गठबन्धनको अग्रता

 दाङ । दाङका प्रतिनिधिसभा र प्रदेशसभाका सबै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारहरु अगाडि छन् ।

क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा तर्फ एक हजार ४ सय २० मत गणना हुँदा वाम गठबन्धनका मेटमणि चौधरी ८ सय ४४ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसकी सुशिला चौधरीले ५ सय ७६ मतसहित पछ्याइरहेकी छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर २ को प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट माओवादीका कृष्णबहादुर महराले सुरुदेखि नै अग्रता कायमै राखेका छन् । महराले ३ हजार २ सय २० मत पाएका छन् । उनलाई  नेपाली कांग्रेसका राजु खनालले २ हजार १ सय ७७ मतले पछ्याइरहेका छन् ।

यसैगरी दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा तर्फ वाम गठबन्धनबाट एमालेका उमेदवार हिराचन्द्र केसीले १६ सय ६० मत प्राप्त गर्दै अग्रता लिएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार दीपक गिरीले १५ सय २ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस