तनहुँ–१ मा रामचन्द्र पौडेल पछि , ‘किसान’ अगाडी

शुक्रबार, २२ मंसिर २०७४, १८ : ४३
तनहुँ–१ मा रामचन्द्र पौडेल पछि , ‘किसान’ अगाडी

तनहुँ । तनहुँ–१ मा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पछाडी परेका छन् । शुक्रवार मध्यान्ह ढिलो गरी शुरु भएको मतगणना अनुसार ४ हजार ५ सय मत गणना हुँदा पौडेलले १ हजार ७ सय ७४ मत हाँसिल गरेका छन् । तर, उनका प्रतिद्वन्दी बाम गठवन्धनका कृष्ण कुमार श्रेष्ठ ‘किसान’ ले भने २ हजार २ सय ६४ मत पाएका छन् ।

तनहुँ–१ प्रदेशसभा ‘ख’ मा बाम गठबन्धनका हरि बहादुर चुमानले १ हजार १ सय ६८ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार रघुनाथ पौडेलले ६ सय ८९ मत प्राप्त गरेका छन् । मत गणना जारी छ ।

प्रतिक्रिया दिनुहोस