काठमाडौं । शिक्षक सेवा आयोगले अध्यापन अनुमति पत्र (टिचिङ लाइसेन्स)को परीक्षामा वस्तुगत प्रश्नमात्र साेध्ने निर्णय गरेको छ। आयोगले परीक्षाको पाठ्यक्रम परिमार्जन गरी यस्तो निर्णय गरिएको जनाएको छ।
आयोगका अनुसार मावि र निमावि तहको टिचिङ लाइसेन्स परीक्षामा वस्तुगत प्रश्नमात्र सोध्ने निर्णय यही चैत २ गतेदेखि लागु भइसकेको छ। आयोगले निकालेको सूचना अनुसार एक घण्टाको परीक्षा हुने छ।
वस्तुगत परीक्षामा प्रतिप्रश्न दुई अंकका दरले ५० वटा प्रश्न सोधिने छ। आयोगले यसअघि ६० प्रतिशत विषयगत र ४० प्रतिशत वस्तुगत प्रश्नहरु सोध्ने गरेको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ चैत्र २०७८, १२ : ५०
लेखकबाट थप