जीर्ण स्वास्थ्यचौकी भवनबाट सेवा प्रवाह

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, ११ : ३८
जीर्ण स्वास्थ्यचौकी भवनबाट सेवा प्रवाह

काठमाडौँ । २०५२ सालमा स्थापना भएको जोहाङ स्वास्थ्य चौकीकाे छानाले पानी छेक्दैन । चौरको कुनामा पुरानो एक छाप्रे जोहाङ स्वास्थ्य चौकी, कसैले पनि त्यस भवनबाट स्वास्थ्य सेवा प्रवाह भइरहेको कल्पना गर्दैनन् । तर, कार्यालयलाई बाध्यता परिरहेको छ, पुरानो भवनबाट सेवा प्रवाह गर्नुपर्ने ।   

भवन नहुँदा साँघुरो र जीर्ण भवनमा प्रशासन, स्टोर, स्वास्थ्य परीक्षण, ड्रेसिङ र सुरक्षित मातृत्वका सबै काम गर्नुपर्ने बाध्यता रहेको स्वास्थ्यचौकी इन्चार्ज लक्ष्मण कामीले गुनासो गरे । उनले पुराना भवन सेवा प्रवाहसँगै पानी चुहिएर र मुसाले फाइल काटेर हैरान बनाएको बताए । जोहाङ स्वास्थ्यचौकीसँगै सत्यवतीका तीन स्वास्थ्यचौकीका भवन अलपत्र छन् ।

संघीय आयोजना कार्यान्वयन इकाइ रुपन्देहीमार्फत् ०७६ सालमा सत्यवती गाउँपालिकाका तीन स्वास्थ्यचौकी निर्माणको लागि डी एण्ड डी कन्स्ट्रक्सनले निर्माण सम्झौता गरेको छ ।  

प्रतिक्रिया दिनुहोस