नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीको नतिजा विशिष्ट श्रेणी

सफल खबर संवाददाता

बुधबार, ०२ चैत्र २०७८, १० : ५६
नर्भिक नर्सिङ कलेजका ९० प्रतिशत विद्यार्थीको नतिजा विशिष्ट श्रेणी

काठमाडौँ  । नर्भिक इन्टरनेशनल हस्पिटलको भगिनी संस्था नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनको सन् २०१७ को बिएस्सी नर्सिङ ब्याचले ऐतिहासिक र उत्साहजनक सफलता हासिल गरेको छ।

नवौं ब्याचका ३० जना विद्यार्थीमध्ये २७ विद्यार्थीले विशिष्ट श्रेणी तथा बाँकी ३ जनाले पहिलो श्रेणीको अंकसहित ऐतिहासिक सफलता हात पारेका हुन्।यो ब्याचका ९० प्रतिशत विद्यार्थीले विशिष्ट श्रेणीसहित उत्तीर्ण हुनु उत्साहको विषय रहेको नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनका प्रमुख कार्यकारी अधिकृत कुलानन्द शर्माले जानकारी दिए।

‘कोभिड पेण्डामिकको बेलाका चुनौतीका बाबजुद पनि हाम्रा विद्यार्थीहरुले गरेको मेहनतको नतिजा उत्साहपूर्ण आउँदा हामी खुसी छौं’, उनले भने, ‘कुल विद्यार्थीमध्ये ९० प्रतिशतले विशिष्ट श्रेणीमा कोर्स उत्तीर्ण गरेर हाम्रा मेहनती विद्यार्थीहरुले रेकर्ड बनाएका छन्।’

नर्भिक इन्स्टिच्युट अफ नर्सिङ एजुकेसनमा विगत लामो समयदेखि बिएस्सी नर्सिङ, बीएन नर्सिङ र पीसीएल नर्सिङका कोर्सहरु सञ्चालन हुँदै आएका छन्। बिएस्सी नर्सिङ र बीएन नर्सिङको कोर्स पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हुन् भने प्रवीणता प्रमाणपत्र तह ९पीसीएल० नर्सिङ सीटीईभीटीबाट मान्यता प्राप्त कोर्स हो।

विज्ञान विषय लिएर कक्षा १२ वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरेका विद्यार्थीहरुले यो कोर्स पढ्न पाउँछन्।

 

प्रतिक्रिया दिनुहोस