प्रथम भरतपुर २४ गोल्डकप : बि.एफ.सी बसेनी बिजयी

विहीबार, २७ बैशाख २०७५, १९ : २८
प्रथम भरतपुर २४ गोल्डकप : बि.एफ.सी बसेनी बिजयी

नयावस्ती । युवा तथा खेलकुद बिकास समिती भरतपुर २४ को आयोजनामा भरतपुर २४ को नयावस्तीमा  भैरहेको प्रथम भरतपुर २४ गोल्डकप फुटबल प्रतियागिताको बिहीबारको खेलमा शक्तिखोर फुटबल क्लबलाइ २ – ५ ले हराउदै भरतपुर फुटबल क्लब (बि.एफ.सी) बसेनी बिजयी भएको छ ।

बुधबारको खेलमा म्यान अफ दी म्याच भरतपुर फुटबल क्लबका कृपा चौधरी घोसित भएका छन । घोषित उत्कृष्ट खेलाडीलाइ प्रमुख अतिथी इलाका प्रहरी कार्यालयका इन्चार्ज पदम वस्ताकोटीले पदक प्रदान गरेका थिय । शुक्रबारको खेल बसन्तपुर माडी फुटबल क्लब  र फुटबल क्लब (एफ.सी)  भरतपुर ९  बिच हुदैछ ।

बैषाक २२ गते प्रदेश नं ३ का कृषि तथा भुमि ब्यवस्था मन्त्री दावा दोर्जे लामाले उदघाटन गरेको भरतपुर २४ गोल्डकप फुटबल प्रतियागिताको जेष्ठ ६ गते पुर्व प्रधानमन्त्री प्रचण्ड उपस्थित भएर बिजयी टिमलाइ शिल्ड तथा प्रमाणपत्र बितरण गर्ने कार्यक्रम रहेको छ ।

चितवन तथा आसपासका जिल्लाहरुका समेत गरी  १६ टिम सहभागी यस प्रतियोगितामा प्रथम हुने टिमलाइ १ लाख ११ हजार १ सय ११ र दोश्रो हुने टिमलाइ ५५ हजार ५ सय ५५ नगद र शिल्ड तथा प्रमाणपत्र प्रदान गरीने छ । प्रतियोगीतामा सर्वोकृष्ट हुने खेलाडीलाइ ११ हजार १ सय ११, वेष्ट किपरलाइ ५,००० र वेष्ट डिफेन्डरलाइ ५,०००।- ,वेष्ट मिडफिल्डरलाइ ५,०००।- पुरस्कार रहेको आयोजक कमिटीका राम गोदारले बताएका छन ।

 

प्रतिक्रिया दिनुहोस