प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइ नीति अख्तियार गर्ने

सफल खबर संवाददाता

आइतबार, २९ फागुन २०७८, १५ : २०
प्रदेश १ सरकारले सामुदायिक विद्यालयमा नयाँ सिकाइ नीति अख्तियार गर्ने

काठमाडौं । ओखलढुंगास्थित चिसंखुगढीमा रहेको नवर्निमित जालपा मावि भवनको उद्घाटन गर्दै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले नयाँ सिकाई अहिलेको आवश्यकता रहेको बताए ।अझै पनि सामुदायिक तथा सरकारी विद्यालयका विद्यार्थीलाई बन्द कोठा भित्र नै शिक्षा दिइरहेको भन्दै नवीन सिकाइको प्रयोग गर्नुपर्ने  भनाइ छ ।

परम्परागत सिकाइ अझै पनि हाबी भइरहेको भन्दै सामुदायिक विद्यालयका विद्यार्थीलाई अब नयाँ ढङ्गको सिकाई प्रदान गर्नुपर्ने आवश्यकता भएको प्रष्ट पारे  । कोठाभित्र ल्याएर थुनेर मात्र विद्यार्थीले ज्ञान प्राप्त गर्न नसक्ने बताए ।

विद्यार्थीमैत्री विद्यालय बनाउन निर्देशन दिँदै मन्त्री कार्कीले जीवन उपयोगी शिक्षा नै आजको आवश्यकता भएकाले शिक्षामा नयाँ नीति प्रदेश सरकारले अख्तियार गर्ने बताए ।  

प्रतिक्रिया दिनुहोस