‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक(भिडियो)

सफल खबर संवाददाता

मंगलबार, २४ फागुन २०७८, १६ : ४१
‘ए मेरो हजुर ४’को दोस्रो गीत सार्वजनिक(भिडियो)

काठमाडौं । नयाँ वर्षको अवसरमा आगामी वैशाख १ गते रिलिज हुने सिनेमा ‘ए मेरो हजुर ४’को दोस्रो गीत रिलिज गरिएको छ । ‘सुन्तला’ बोलको गीतमा फिल्मका मुख्य कलाकार अनमोल केसी र सुहाना थापालाई फिचर्ड छन् ।

गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत र मेलिना राई र निशान भट्टराईले स्वर भरेका छन् । गीतलाई उदयराज पौडेलले एरेञ्ज गरेका हुन् । लोकलयमा तयार पारिएको गीतको भिडियोका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको अडियो र भिडियो निकै उच्च क्यालिटीमा निर्माण भएको देख्न सकिन्छ ।

 

प्रतिक्रिया दिनुहोस