दमौलीको हार्डवेयरमा लागेकाे आगाे नियन्त्रणमा

सफल खबर संवाददाता

आइतबार, २२ फागुन २०७८, १३ : ५२
दमौलीको हार्डवेयरमा लागेकाे आगाे नियन्त्रणमा

काठमाडौं । तनहुँको व्यास नगरपालिका–४ स्थित दमौली मुख्यचोकमा लागेको आगो नियन्त्रणमा आएको छ । बिहान १० बजेदेखि लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको हो । 

भूपाल हार्डवेयरको गोदामबाट सुरु भएको आगलागीले नजिकका घरमा पनि क्षति पु-याएको छ ।आगो निभाउनको लागि सिम्रिक इयरको हेलिकप्टर प्रयोग गरिएको थियो ।

साथै, व्यास नगरपालिकाको दमकल, मुग्लिङ–पोखरा सडक आयोजनाको ट्याङ्करसँगै निजी ट्याङ्कर पनि प्रयोग गरिएको थियो । प्रहरीका अनुसार अहिलेसम्म मानवीय क्षति भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस