बोर्डिङ छाडेर सरकारीमा ओइरिए विद्यार्थी

सफल खबर संवाददाता

शनिबार, २१ फागुन २०७८, १३ : २५
बोर्डिङ छाडेर सरकारीमा ओइरिए विद्यार्थी

काठमाडौं । शान्तिनगर  गाउँपालिका५ बैँसामा रहेको हात्तीखाल जनशक्ति प्राथमिक विद्यालयमा चालु शैक्षिक सत्रमा विभिन्न बोर्डिङ स्कुल छाडेर २६ जना विद्यार्थी पढ्न आए। २०५७ सालमा स्थापना भएको विद्यालय कक्षा ५ सम्म सञ्चालन भइरहेको छ।कक्षाकोठा र शिक्षकको अभावले गर्दा विद्यालयमा एउटा कोठामा २ वटा कक्षाका विद्यार्थी पढाउन बाध्य छन् ।

अहिले विद्यालयमा ८५ जना विद्यार्थी छन् । विद्यालयमा अहिले ५ वटा कोठा रहेको र शिशुदेखि कक्षा ५ सम्म पढाइ हुने हुँदा कक्षाकोठा अभावले बहुकक्षा सञ्चालन गर्नुपरेको छ।, ‘पहिलेको तुलनामा अहिले विद्यालयमा धेरै परिवर्तन भएको छ। विद्यालयको भौतिक संरचनासँगै पढाइ पनि राम्रो हुँदै गएपछि अभिभावकले निजी विद्यालयबाट आफ्ना छोराछोरी यहाँ ल्याउन गरेको हो।  

विद्यालयमा कक्षाकोठाका साथै शिक्षकको पनि अभाव छ। ‘कक्षाकोठा र शिक्षकको अभावले गर्दा पनि बहुकक्षा सञ्चालन हुन्छ ।


 

प्रतिक्रिया दिनुहोस