माओवादी केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डा

सफल खबर संवाददाता

शुक्रबार, २० फागुन २०७८, १५ : २९
माओवादी केन्द्रीय समिति बैठकका यस्ता छन् एजेण्डा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा सुरु भएको बैठकमा छलफलका लागि विभिन्न एजेण्डा प्रस्तुत गरिएको छ । जसअनुसार श्रद्धाञ्जलीपछि अध्यक्षबाट रिपोर्टिङको एजेण्डा राखिएको छ । माओवादी स्रोतका अनुसार अध्यक्षमा प्रचण्डले बैठकमा मूलत एमसीसीबारे रिर्पोटिङ गर्नेछन् । 

त्यसपछि संगठनात्मक विषय एजेण्डामा समेटिएको छ । थपअनुसार केन्द्रीय समितिमा सदस्य थप्ने, पोलिटब्युरो, स्थायी र  पदाधिकारी गठबन्धनबारे पनि छलफलका लागि एजेण्डा तय गरिएको छ ।  यस्तै कार्यविभाजन, स्थानीय तह निर्वाचनको तयारी र विविध विषय एजेण्डामा समेटिएको छ । 


 

प्रतिक्रिया दिनुहोस