काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाग्लुङ नगरपालिकाका उपमेयर सुरेन्द्र खड्का र सोही नगरपालिकाको वडा नम्बर ४ का वडाध्यक्ष धु्रवबहादुर केसीसहित नौ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । खड्का राप्रपाबाट विजयी उपमेयर हुन् ।
बाग्लुङ नगरपालिकामा निर्माणाधीन बसपार्कमा काम नभए पनि काम भएको भन्दै गलतप्रतिवेदन दिएर भुक्तानी गरी ५ लाख ९० हजार रुपैयाँभन्दा बढी रकम भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो ।
अख्तियारले नगरपालिकाका प्राविधिक प्रमुख सीडीई दयाराम अधिकारी, सबइन्जिनियर घनश्याम रिजाल, इन्जिनियर मनोज शर्मा तथा दावगरा बसपार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष सुभाषचन्द्र राजभण्डारी, कोषाध्यक्ष भीमकुमारी आचार्य र सचिव गुणनिधि शर्माविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
उनीहरू सबैले मिलेमतोमा नै फिल्डमा नभए नगरेका काम लागत अनुमानमा भन्दा केही आईटममा नापी किताबमा अस्वभाविक रूपमा परिमाण परिवर्तन गरेको, फिल्डमा नभएको तथा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी चढाएको तथा कार्यसम्पन्न प्रतिवेदनसमेत तयार गरी भ्रष्टाचार गरेको आरोप अख्तियारले लगाएको छ । राजधानी दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, १५ फागुन २०७८, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिँचाइ विभागका इञ्जिनियर श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा
भरतपुर क्यान्सर अस्पतालका तत्कालीन असिस्टेन्ट तामाङविरुद्ध भ्रष्टाचार मुद्दा
झलनाथको सर्प पालन परियोजनामा भ्रष्टाचार, ५ जना दोषी ठहर
राजा महेन्द्रका ज्वाइँ कुमार खडगविक्रमलाई भ्रष्टाचार मुद्दामा सफाइ
भ्रष्टाचार मुद्दामा धमाधम फैसला
राप्रपा नेपालले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान संचालन गर्ने