बागमती प्रदेशका ६२ सय बालबालिका जोखिमपूर्ण श्रम गर्दै

सफल खबर संवाददाता

विहीबार, १२ फागुन २०७८, १४ : ०८
बागमती प्रदेशका ६२ सय बालबालिका जोखिमपूर्ण श्रम गर्दै

काठमाडौं । बागमती प्रदेशका ६२ सय बालबालिका जोखिमपूर्ण श्रम  गर्न बाध्य रहेको पाइएको छ।बागमती प्रदेशका  ३ दशमलव १ प्रतिशत बालबालिका रहेका छन्।

प्रदेशमा १० वर्ष मुनिका १३ दशमलव १ प्रतिशत, १० देखि १४ वर्षका १५ दशमलव ६ प्रतिशत र १४ देखि १८ वर्ष उमेर समूहका ६७ दशमलव २ प्रतिशत बालबालिकाले विभिन्न कारणले श्रम गरिरहेको प्रतिवेदनले देखाएको छ। जसमा ३५ प्रतिशत बालबालिकाले दैनिक १६ घण्टासम्म श्रम गरिरहेको कुरा पनि उल्लेख गरिएको छ।

स्वतन्त्रता अभियान नेपालले गरेको एक अध्ययनअनुसार प्रदेशभर ६ हजार दुईसय बालबालिका जोखिमपूर्ण श्रममा रहेको पाइएको हो। नेपालभरि ११ लाख बालबालिका श्रममा रहेकोमा २ लाख बालबालिकाले जोखिमपूर्ण श्रम गरिरहेको स्वतन्त्रता अभियान नेपालले जनाएको छ।

प्रतिक्रिया दिनुहोस