मस्को । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् ।
बिखन्डनकारीको नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।
दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरुले युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १० फागुन २०७८, १२ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वी युक्रेनमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २८ पुग्यो : रूसी उद्धारकर्ता