संगम युवा क्लव हरिनास ३ बुम्दिको क्लव भवनको उद्धघाटन, १३ लाख ८६ हजार ३६३ मा बन्यो नयाँ भवन

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, १३ : ५७
संगम युवा क्लव हरिनास ३ बुम्दिको क्लव भवनको उद्धघाटन, १३ लाख ८६ हजार ३६३ मा बन्यो नयाँ भवन

चितवन । संगम युवा क्लव हरिनास ३ बुम्दिको नव निर्मित क्लव भवनको उद्धघाटन भएको छ । हरिनास गाउँपालिका स्याङंजाको आर्थिक सहयोगमा निर्माण गरिएको सो भवनको गाउँपालिका अध्यक्ष खिम नारायण मानन्धरले उद्धघाटन गरेका हुन् ।

गाउँपालिका वडा नम्वर ३ को ८ लाख ३० हजार र श्रमदान ५ लाख ५६ हजार ३ सय ६३ रुपैया गरी १३ लाख ८६ हजार ३६३ लागतमा निर्माण कार्य गरिएको निर्माण समितिका अध्यक्ष एवं क्लवका अध्यक्ष कृष्ण प्रसाद सिग्देलले बताए । 

स्थानिय बासिन्दा वडा नम्वर ३ का जनप्रतिनिधि सहितको सहभागितामा गाउँपालिका अध्यक्ष मानन्धरले भवनको उद्धघाटन गरेको सिग्देलले बताए । क्लव भवन निर्माण भएपछि युवाहरुको चौतर्फी विकासका साथै गाउँमा बिभिन्न कार्यक्रम गर्न सहज हुने उनि बताउँछन् । गाउँगाउँमा युवा कल्वहरु मार्फत युवाहरु संगठित हुने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस