कस्तो रहनेछ आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, ०५ फागुन २०७८, ०७ : ४८
कस्तो रहनेछ आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिम न्युन चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

यस्तै दिउँसो प्रदेश १ को पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ । 

यस्तै प्रदेश १ को पहाडी भूभागको एक दुई स्थानहरुमा छिटपुटदेखि हल्का वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यसैगरी राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रतिक्रिया दिनुहोस