थप ११ जना सहसचिवको सरुवा,काे कहाँ पुगे ?(सूचीसहित)

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १७ : ०५
थप ११ जना सहसचिवको सरुवा,काे कहाँ पुगे ?(सूचीसहित)

काठमाडौं । सरकारले ११ जना सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले आज मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै ११ जना सहसचिव सरुवा गरेका हुन् ।

खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा गरिएको छ भने सेवन्तराज दाहाललाई निर्वाचन आयोगबाट सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ ।

कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लिलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्रमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस