चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

सफल खबर संवाददाता

मंगलबार, ०३ फागुन २०७८, १६ : २९
चुनावमा एमाले र राजावादीसँग तालमेल नगर्ने मसालको निर्णय

काठमाडौं । नेकपा मसालले आगामी स्थानीय तह निर्वाचनमा नेकपा एमाले र राजावादी पार्टीसँग कुनैपनि हालतमा तालमेल नगर्ने निर्णय गरेको छ ।पार्टीको हालै बसेको केन्द्रीय समिति बैठकले सो निर्णय गर्दै सम्भव भएसम्म सत्ता गठबन्धनमा आबद्ध दलसँग भने तालमेल गर्न सकिने निर्णय गरेको छ । 

‘आगामी चुनावमा स्थानीय तहमा सम्भव भएसम्म चुनावी तालमेल गर्ने हाम्रो नीति हुने छ । तर त्यसो गर्दा राजावादी र एमालेसित कुनै पनि स्थानमा तालमेल नगर्ने हाम्रो नीति हुने छ’, मंगलबार बैठकका निर्णय सार्वजनिक गर्दै महासचिव मोहनविक्रम सिंहले बताएका छन् । बैठकले एमसीसी खारेज हुनुपर्ने अघिदेखिकै अडानलाई निरन्तरता दिने निर्णय पनि गरेको छ । 

प्रतिक्रिया दिनुहोस