एमाले संसदीय दलको निर्णय- प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने प्रस्तावको प्रतिवाद गर्ने

सफल खबर संवाददाता

सोमबार, ०२ फागुन २०७८, १६ : ०८
एमाले संसदीय दलको निर्णय- प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउने प्रस्तावको प्रतिवाद गर्ने

काठमाडौं । नेकपा एमालेले महाअभियोग लगाउने पाँच दलीय गठबन्धनको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको एमाले संसदीय दलको बैठकले पाँच दलीय गठबन्धनले निर्वाचन सार्न र अदालतलाई अस्थिर बनाउन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाअभियोगको प्रस्ताव ल्याएको ठहर गरेको छ ।

एमालेले सरकारले एमसीसी पास गर्ने रणनीतिमा सरकारले अदालतलाई पनि गिजोलेको ठहर गरेको हो । बैठकले सरकारविरुद्ध खबरदारी गर्न जनसंघर्ष पनि जारी राख्ने निर्णय गरेको छ । बैठकपछि एमाले सांसद घनश्याम भुसालले एमसीसी र प्रधानन्यायाधीश राणालाई बोकेर निर्वाचनमा जान नसकिने बताए ।

यसअघि बैठकमा अध्यक्ष तथा सांसदीय दलका नेता केपी शर्मा ओलीले सत्तारुढ दलले प्रधानन्यायाधीश राणाविरुद्ध दर्ता गरेको महाअभियोग स्थानीय निर्वाचन नगराउने षड्यन्त्र भएको बताए । नेता ओलीले महाअभियोग प्रस्ताव गलत भएको बताएका थिए । 

 

प्रतिक्रिया दिनुहोस