जुम्ला । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले १ फागुन नेपाल र नेपालीका लागि गौरवको दिन रहेको बताएका छन् ।
तत्कालीन माओवादीको नेतृत्वमा नेपालमा जनयुद्धको सुरुवात भएको दिन १ फागुन भएकोले यसलाई सबै नेपालीको लागि गौरवको दिन रहेको उनकाे भनाइ छ ।
'जनयुद्ध' नेपालमा आरम्भ भएको आइतबार २७ वर्ष पुगेको स्मरण गर्दै सांसद भण्डारीले आंशिक उपलब्धि हासिल भएको दाबी गरे । चन्दननाथ नगरपालिका भण्डारीबाडा गाउँमा रहेको जनयुद्धका सहिदहरुको शालिकमा माल्यार्पण गरेर जनयुद्ध दिवस मनाएका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, १६ : ४८
लेखकबाट थप