५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

सफल खबर संवाददाता

आइतबार, ०१ फागुन २०७८, १३ : ५५
५ किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै पाँच किलो सुनसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

दुबईबाट हिमालय एअरलाइन्सको जहाजमा शनिवार बिहान काठमाडौं आएका चिनियाँ नागरिकबाट उक्त अवैध सुन बरामद भएको हो ।

झ्याङ ली नामक चिनियाँ नागरिकबाट सुन बरामद भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय प्रमुख महेश भट्टराईले जानकारी दिए ।


 

प्रतिक्रिया दिनुहोस