काठमाडौँ । माओवादी जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशमा सार्वजनिक बिदा दिइएको छ । माओवादीले आइतबार २७ औं जनयुद्ध दिवस मनाउँदैछ ।
तत्कालीन माओवादीले २०५२ फागुन १ गतेदेखि १० वर्ष लामो सशस्त्र जनयुद्ध गरेको थियो । ०६२–६३ को जनआन्दोलपछि माओवादी जनयुद्ध पनि समाप्त भएको थियो ।
यही जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले एक सूचना जारी गर्दै बिदाको जानकारी दिएको हो ।
‘०७८ फागुन १ गते आइतबारका दिन २७ औं जनयुद्ध दिवसको अवसरमा मधेस प्रदेशभर बिदा दिइएको सम्बन्धित सबैमा सूचित गरिन्छ’, सूचनामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०१ फागुन २०७८, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
माडी गाउँपालिकाले दियो भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा