मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द

सफल खबर संवाददाता

शुक्रबार, २८ माघ २०७८, ०९ : ३५
मृतक मजदुरको शोकमा एकदिन तुल्सीपुर बजार बन्द

दाङ । पाँच जनाको ज्यान जाने गरी भएको आगलागीको घटनामा मृतकको शोकमा तुल्सीपुरमा एकदिन बजार बन्द गरिने भएको छ ।

उद्योग बाणिज्य संघको आग्रहमा मृत्यु भएका पाँच जना मजदुरको शोकमा तुल्सीपुर बजार बन्द गर्न लागिएको हो ।

दाङको तुलसीपुरमा रहेको इरम फुटवेयर जुत्ताचप्पल पसलको गोदाममा आगलागी हुँदा ५ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस