खाल्डोमा परेर गैँडा मर्नुमा निकुञ्जका कर्मचारी पनि दोषी

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, २१ : ३५
खाल्डोमा परेर गैँडा मर्नुमा निकुञ्जका कर्मचारी पनि दोषी

चितवन । चितवनमा सडक विस्तर गर्ने क्रममा खाल्डोमा परेर गैँडा मर्नुमा निकुञ्जका कर्मचारीलाई समेत दोषी देखाइएको छ । 
चितवनमा सडक बिस्तार गर्ने क्रममा गैंडाको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले कर्मचारीसमेत दोषी देखिएको ठहर गर्दै चितवन निकुञ्जका कर्मचारीहरूलाईसमेत विभागीय कारबाही गर्न सिफारिस गरेको छ । 

यही माघ १० गते सडक फराकिलो बनाउन खनेर छाडेको खाल्डोमा परी मरेको गैंडा । समितिले प्रतिवेदनमा ुसम्बन्धित निकुञ्ज कार्यालयका कर्मचारीहरूलाई प्रचलित निजामति सेवा ऐन, २०४९ तथा अन्य प्रचलित कानुनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक नगरेकोमा विभागीय कारबाही गर्नुपर्ने उल्लेख छ ।

प्रतिवेदनमा असावधानीपूर्वक काम गर्ने, गराउने, सुरक्षाको प्रबन्ध नगर्ने, सरोकारवाला निकायहरूसँग समन्वय नगर्ने सडक डिभिजन भरतपुरका पदाधिकारीहरूलाईसमेत निजामति सेवा ऐनअनुसार विभागीय कारबाही गर्न भनिएको छ । पूर्वपश्चिम मेहन्द्र राजमार्गको चितवन भरतपुर गोन्द्राङ खण्डलाई ६ लेन बनाउन खनिएको खाल्डो नपुर्दा त्यसमा परेर गत माघ ९ गते दिउँसो करिब ११ वर्षको भाले गैंडा मरेको थियो  ।

प्रतिक्रिया दिनुहोस