विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक : श्रममन्त्री श्रेष्ठ

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, २० : ५८
विप्रेषण बढाउन प्रणालीगत सुधार आवश्यक : श्रममन्त्री श्रेष्ठ

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई सुरक्षित र बढी लाभयुक्त बनाउन सरकार लागिपरेको बताएका छन् ।

मन्त्रालयमा आज आयोजित विकास समस्या समाधान समितिको  वैठकमा मन्त्री श्रेष्ठले विकसित मुलुकहरुमा श्रम बजारको खोजी गरी सुरक्षित र लाभयुक्त वैदेशिक रोजगारीको अवसर वृद्धि गर्नुपर्ने बताए । मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मुलुकहरुको माग र आवश्यकता अनुरुप नेपाली श्रमिकको सीप विकास गर्न सके विप्रेषण दोब्बरले बढाउन सकिने बताए । 

नेपालको अर्थतन्त्र र जीविकामा निकै महत्व राख्ने विप्रेषण बढाउन प्रणालिगत सुधार आवश्यक रहेको मन्त्री श्रेष्ठले बताए । वैदेशिक रोजगारीमा जाने श्रमिक आपुर्तिको क्रममा रहेको लामो  प्रकृयाका कारण वैदेशिक रोजगारीलाई बढी लाभयुक्त बनाउन नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस