काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिको माघ २८/२९ मा बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।
माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले कोभिडका कारण बैठक स्थगित भएको बताए । ‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ उनले भने, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो ।’
ढकालले कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने बताए । माओवादीले यसअघि पनि कोभिडको कारण देखाउँदै बैठक पटक-पटक स्थगित गरेको थियो ।माओवादीले अध्यक्ष बाहेकका पदाधिकारी निर्वाचित गर्न बाँकी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रमा १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप
माओवादी केन्द्रीय समिति बैठकमा प्रदेश इन्चार्जहरूले थाले रिपोर्टिङ