रुपन्देहीका गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला माओवादी प्रवेश

सफल खबर संवाददाता

विहीबार, २७ माघ २०७८, १५ : ०८
रुपन्देहीका गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला माओवादी प्रवेश

रुपन्देही । रुपन्देही सम्मरिमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ सुक्ला (बब्लु) र वडा अध्यक्ष श्रवणकुमार यादवसहित विभिन्न पार्टीका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् । बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुमलटारमा उनीहरुलाई पार्टी प्रवेश गराएका हुन् ।

शुक्ला तत्कालीन विजयकुमार गच्छादार नेतृत्वको फोरम लोकतान्त्रिकबाट अध्यक्षमा निर्वाचित भएका थिए । त्यस्तै वडाध्यक्ष यादव नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए । उनीहरुलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा लुम्बिनी र मधेस प्रदेश फेरि एकपटक माओवादीमय हुने विश्वास व्यक्त गरे ।

उनले आफु केही दिन पहिला सर्लाही र रौतहट जाँदा पनि मधेसका सयौं जनता माओवादी प्रवेश गरेको स्मरण गर्दै जनप्रतिनिधिकै पार्टी प्रवेशले नयाँ सन्देश दिने बताए ।  

प्रतिक्रिया दिनुहोस