काठमाडाैँ ।सत्तारूढ नेपाली कांग्रेसका नेता डा.शेखर कोइराला सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न उनको निवास खुमलटार पुगेका छन्।
पछिल्लो समसामयीक राजनीति र एमसीसीका विषयमा छलफल गर्न नेता कोइराला खुमलटार पुगेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए।
एमसीसी विवाद चर्किएको समयमा कोइरालाले राजनीतिक भेटघाटलाई तीब्र पारेका छन्। यसअघि गत मंगलबार कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर छलफल गरेका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २७ माघ २०७८, १० : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जलवायुले पुर्याएको क्षतिपूर्ति नेपालले पाउनुपर्छ : शेखर कोइराला
अध्यादेशले कांग्रेसलाई अप्ठ्यारो पारेको छ : शेखर कोइराला
नेपालको राजनीतिक अवस्था एकदमै तरल अवस्थामा छ : शेखर कोइराला
बेलायत जाँदै शेखर कोइराला
शेरबहादुर देउवा र गगन थापासँग कुनै विवाद छैन : शेखर कोइराला
चुनावी गठबन्धन रणनीतिक हुने भएपनि अहिले एक्लै लड्ने तयारी गर्नुपर्छ : शेखर कोइराला