महेन्द्रनगर । भारतको सिमलामा घरेलु कामदारका रुपमा बेचिएकी एक महिलाको माइती नेपाल कञ्चनपुरले उद्धार गरी महेन्द्रनगर पु-याएको छ ।
सिमलामा स्याउ फार्म सञ्चालन गरिरहेका साहुको घरबाट माइती नेपालले भारतीय प्रहरीको सहयोगमा महिलाको पाँच महिनापछि सकुशल उद्धार गरेको हो । माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले महिलालाई ५० हजार भारतीय रुपैयाँमा महिलालाई कामदारका रुपमा बिक्री गरिएको बताइन् । “सल्यानकी ती महिलालाई साहुसित बेचेर मान्छे फरार भएछ”, संयोजक भट्टले भनिन्, “घटना विवरणलाई नियाल्दा कोहलपुरका गोपाल विकले विवाह गर्ने प्रलोभनमा ललाईफकाइ भारत लगेको देखिन्छ ।”
उनले सिमलाको बागीबाट महिलालाई उद्धार गरी माइती नेपालको संरक्षणमा राखिएको बताइन् । माइती नेपालले फरार रहेका विकमाथि कानुनी कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, २६ माघ २०७८, १५ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नारायणी नदीमा हामफालेका व्यक्तिको सकुशल उद्धार
दशगजाबाट गम्भीर घाइते अवस्थामा एक नेपालीको उद्धार
डोटीमा गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार
भारतका विभिन्न सहरबाट १४५ जनाको उद्धार
बाजुरामा गर्भवतीको हेलिकप्टरबाट उद्धार
नक्खु खोलामा फसेका मानिसहरूको हेलिकोप्टरबाट उद्धार