ओली निवासमा शेखर कोइराला, भेटवार्ता अर्थपूर्ण

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, २० : २६
ओली निवासमा शेखर कोइराला, भेटवार्ता अर्थपूर्ण

काठमाडौँ । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ उनी ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओली र कोइरालाबीच भेटवार्ता भइरहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।

दुई नेताबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको बताइएको उनको भनाइ छ । सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेपछि मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस