भोलिको प्रतिनिधिसभाको बैठक अचानक स्थगित

सफल खबर संवाददाता

मंगलबार, २५ माघ २०७८, २० : १७
भोलिको प्रतिनिधिसभाको बैठक अचानक स्थगित

काठमाडौं । भोलि बुधबारको प्रतिनिधिसभाको बैठक अचानक स्थगित भएको छ । 

सभामुख अग्निप्रसाद सापकोटाको सचिवालय स्रोतका अनुसार प्रतिनिधिसभाको बुधबारका लागि तय भएको बैठक स्थगित गरिएको हो । यसअघि माघ १६ गते बोलाइएको बैठक पनि अन्तिम समयमा १० दिनका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस