कुम्मायक–कुसायक गोल्डकप : सुन्धारा क्लब सेमिफाइनलमा प्रवेश

शनिबार, २२ बैशाख २०७५, १९ : ३५
कुम्मायक–कुसायक गोल्डकप  : सुन्धारा क्लब सेमिफाइनलमा प्रवेश

पाँचथर । पाँचथरको कुम्मायक गाउँपालिकाको केन्द्र यासोकमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कुम्मायक–कुसायक गोल्डकप फुटवल प्रतियोगिताको आजको खेलमा सुन्धारा क्लब, काठमाडौँ विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको क्वार्टरफाइनल खेलमा कर्णसिंङ सोनाम मेमोरियल फुटबल क्लब ताप्लेजुङलाई ४–२ गोल अन्तरले पराजित गर्दै सुन्धारा क्लब, काठमाडौँ सेमिफाइनलमा प्रवेश गरेको हो । काठमाडौँको जितमा विशाल राईले खेलको १० औँ मिनेटमा, खामिर गिल्सन कन्दङवाले २६ औँ मिनेटमा, कर्ण लिम्बूले ३३ औँ मिनेटमा र ६४ औँ मिनेटमा पुजन उपरकोटीले गोल गरे ।

ताप्लेजुङका लागि ३७ औँ मिनेटमा दीपक लिम्बू र ७६ औँ मिनेटमा क्रिस राईले गोल गरे । खेलको म्यान अफ द म्याच सुन्धारा क्लब काठमाडौँका निशान्त खड्का घोषित हँुदै रु पाँच हजार प्राप्त गरे । जिल्लाकै सर्वाधिक पुरस्कार राशि रहेको प्रतियोगिताका विजेताले ट्रफीसहित रु तीन लाख ११ हजार १११ प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाख ५१ हजार १११ प्राप्त गर्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस