नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री गहतराज उत्साहित

सफल खबर संवाददाता

बुधबार, १९ माघ २०७८, १२ : २६
नेपाली फुटबल टिमको प्रदर्शनबाट मन्त्री गहतराज उत्साहित

काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले नेपाली राष्ट्रिय फुटबल टिमका खेलाडीहरुलाई बधाई दिएका छन् । अफ्रिकी देश मौरिसससँगको मैत्रिपूर्ण खेलमा जित हासिल गरेको नेपाली टिमलाई मन्त्री अथकले बधाई दिएका हुन् । 

दशरथ रंगशालामा मंगलबार बेलुका भएको दोस्रो मैत्रिपूर्ण खेलमा नेपालले मौरिससलाई १–० गोलले पराजित गरेको थियो । यसअघि गत शनिबार भएको पहिलो खेलमा समेत नेपाल बिजयी भएको थियो । अफ्रिकन देशसँग पहिलो पटक भएका दुबै मैत्रिपूर्ण खेल हेर्न मन्त्री अथक स्वयं रंगशालामा उपस्थित भएका थिए । रंगशालामा उपस्थित भई प्रत्यक्ष खेल हेरेका मन्त्री अथकले नेपाली खेलाडीहरुको खेलबाट आफु प्रभावित भएको प्रतिक्रिया दिएका छन् । 

प्रतियोगिता समयभरी निकै उत्साहित देखिएका मन्त्री अथकले नेपाली खेलाडीहरुले स्तरीय खेल प्रदर्शन गरेको भन्दै खुसी समेत ब्यक्त गरेका थिए । मन्त्री अथकले नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको समेत प्रशंसा गरे । साथै पहिलो पटक मैत्रिपूर्ण खेलकालागि नेपाल आएको मौरिससको टिमलाई मन्त्री अथकले धन्यवाद दिए । 

प्रतिक्रिया दिनुहोस