मकवानपुर । बागमती प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सोनाम ल्होछार र न्वागी पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
तामाङ समुदायले मनाउने विशेष पर्व सोनाम ल्होसार र चेपाङ समुदायले मनाउने मुख्य पर्व न्वागीको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय भएको सरकार प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णप्रसाद शर्मा खनालले बताए ।
उनका अनुसार ल्होसारमा प्रदेशको १३ वटै जिल्ला र न्वागीमा चेपाङ समुदायको बसोबास रहेको मकवानपुर, चितवन र धादिङ जिल्लामा मात्र सार्वजनिक बिदा दिने निर्णय भएको हो । त्यसैगरी मकवानपुरको बागमती गाउँपालिका, राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि सूचना जारी गर्दै ल्होसारको अवसरमा पालिकाभर सार्वजनिक बिदा दिने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ माघ २०७८, १० : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लदी पर्वमा माझी समुदायलाई सार्वजनिक बिदा
माडी गाउँपालिकाले दियो भोलि सार्वजनिक बिदा
गण्डकी प्रदेशमा आज सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा सोमबार सार्वजनिक बिदा
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
सुदूरपश्चिम प्रदेशमा भोली सार्वजनिक बिदा