काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटघाट गरेको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेल, अर्थमन्त्री रामजीप्रसाद बराल र भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कासहितको प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवासँग भेट गरेको हो ।
चालू आर्थिक वर्ष २०७८/०७९ को गण्डकी प्रदेश सरकारको बजेटको एजेण्डालाई लिएर प्रधानमन्त्रीसँग भेटघाट गरिएको गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री पोखरेलले बताए ।
मुख्यमन्त्री पोखरेल विगतको सरकारले धेरै आयोजनाहरू बहुवर्षीय ठेक्कामा लगाएको, कतिपय योजनाहरू प्रक्रियामा राखेको जानकारी दिए । श्रोत सुनिश्चित नगरेकाले आफ्नो सरकारमाथि १६ अर्ब भन्दा बढीको दायित्व थपिएको भन्दै उनले त्यसलाई समाधान गर्नका लागि प्रधानमन्त्रीसँग भेटघाट गरेको स्पष्ट पारे।
मुख्यमन्त्री पोखरेलले कतिपय ठूला आयोजनाहरू वनसँग जोडिएको र वन प्रयोगको अधिकार केन्द्रीय सरकारसँग मात्रै भएकोले त्यसलाई समाधान गर्ने विषयमा पनि वन मन्त्रालयसँग छलफल हुने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ माघ २०७८, १४ : ५१
लेखकबाट थप